उपाधिका लागि नाडाल र जोकोभिच भिड्ने
आइतबार, जेठ २, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।
शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त पक्का गरेका हुन् ।
विश्व नम्बर एक सर्बियन जोकोभिचले सेमिफाइनलमा इटालीका लोरेन्जो सोनेगोलाई पराजित गरे ।
जोकोभिचले लोरेन्जोमाथि ६-३,६-७ (५-७) र ६-२ को सेटमा जित निकाले ।
यस्तै विश्व नम्बर दुई नाडालले अमेरिकाका रेइली ओपेल्कालाई हराए ।
स्पेनिस नाडालले ओपेल्कामाथि ६-४ र ६-२ को सेटमा जित निकाले ।
महिलातर्फको फाइनलमा कारोलिना प्लिस्कोभा र इगा स्वटेकबीच खेल हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



