एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल इंग्ल्यान्डमै हुने सम्भावना बढेको छ ।
च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।
सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको छ ।
तर, इंग्ल्यान्ड सरकारले यात्रामा लगाएको प्रतिबन्धको कारण फाइनल खेल इंग्ल्यान्डमै हुने सम्भावना बढेको छ ।
इंग्ल्यान्डमै भएमा फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ ।
युएईएफका प्रतिनिधिले बेलायती सरकारी अधिकारी र इंग्ल्यान्ड एफएसँग सोमबार छलफल गर्ने बताईएको छ ।
युएईएफले बुधबारसम्म फाइनल खेल स्थलबारे निर्णय गर्ने बताईएको छ ।