मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ललितपुरको पुनरामगनदेखि काठमाडौंको दाबेदारी

सोमबार, २७ बैशाख २०७८नमीन ढकाल
ललितपुरको पुनरामगनदेखि काठमाडौंको दाबेदारी
mustang rice ad

काठमाडौं । पहिलो फ्रेन्चाईच फुटबल नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेल समाप्त भएका छन् । चौधरी ग्रुपको नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको एनएसएलमा सात टिम सहभागी थिए ।

विभिन्न व्यापारिक घराना रहेको लिगमा पूर्वबाट विराटनगर सिटी एफसी, आईएमी ग्रुपको एफसी चितवन, यामाहाको काठमाडौं रेजर्स एफसी, भाटभटेनी सुपरमार्केटको ललितपुर सिटी एफसी, लक्ष्मी हुन्डाईको पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र सुदुरपश्चिमको धनगढी एफसी सहभागी छन् ।

सिंगल राउण्ड रोविनका २१ खेल आईतबार समाप्त भए । लिग चरणको एक दिन अघिनै प्लेअफ खेल्ने टोलीको टुंगो लागिसकेको थियो ।

नियम अनुसार लिग चरणका २१ खेलपछि शीर्ष चारमा रहने टोलीले प्लेअफका खेल खेल्नेछन् । काठमाडौं रेजस ६ खेलबाट १३ अंंक सहित शीर्षस्थानमा छ । धनगढी समान ६ खेलबाट १० अंक सहित दोस्रो, ललितपुर ९ अंक सहित तेस्रो र बुटवल लुम्बिनी ८ अंक सहित चौथों स्थानमा रहदै प्लेअफमा स्थान बनाए ।

पोखरा थण्डर्सको ८ अंक रहेपनि बुटबल लुम्बिनीसँग हेड टु हेडमा पछि पर्दै बाहिरियो । सुरुवाती खेल र कागजमा बलियो देखिएको विराटनगरले ७ अंक बनाउ मात्रै सक्यो । उसले छैठौं स्थानमा रहेर लिग टुंगायो । चितवन जित विहिन हुँदै २ अंक सहित प्रतियोगिताको समापन गर्यो ।

बुधबारबाट प्लेअफका खेल सुरु हुनेछन् । पहिलो प्लेअफमा काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो प्लेअफमा ललितपुर र बुटबल लुम्बिनीबीच भिडन्त हुनेछ ।
पहिलो प्लेअफको विजेता सिधै फाइनल पुग्नेछ भने दोस्रो प्लेअफमा हार ब्यहोर्ने टोली बाहिरिने छ । पहिलो प्लेअफमा पराजित टोली र दोस्रो प्लेअफको विजेताको विजेता टोली फाइनल पुग्नेछन् ।

फाईनल खेल जेठ १ गते हुनेछ । लिग चरणसम्म प्रतियोगिताका मुख्य घटना निम्न प्रकारका रहेका छन् ।

अभागी विराटनगर

प्रतियोगिता सुरु हुनु अघि कागजमा बलियो मानिएको थियो, विराटनगरलाई । विदेशी खेलाडी, प्रशिक्षकसँगै पूर्वका राम्रा खेलाडीको साथ पाएको विराटनगरको बेन्चसमेत बलियो थियो । सोहि अनुसार उसले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्याे । पहिलो खेलमा धनगढी एफसीविरुद्ध ३–० को जित निकालेको उसले त्यसपछि विर्सनलायक प्रदर्शन गर्यो ।

खराब लयमा रहेको विराटनगर कुनै समय काठमाडौंविरुद्ध लिएको २–० को अग्रता समेत जोगाउन सकेन । अन्तिम खेलमा भने उसले प्रतियोगिताकै लज्जास्पद हार ब्यहोर्यो । रेफ्रीका निर्णय पनि विवादमा रहे । विराटनगरलाई त्यसले समेत हानी पुग्यो । अन्तिम खेलमा मैदान छाड्ने अप्रिय निर्णयले विराटनगरको नाममा दाग लाग्ने काम गर्यो ।

काठमाडौंको दाबेदारी

प्रतियोगिताको पहिलो खेलमा धनगढी एफसीसँग ३–० गोल अन्तरले पराजित भएको थियो, काठमाडौं रेजर्स । पहिलो खेलमै ठुलो हार ब्यहोरेको काठमाडौंलाई अनुभवी प्रशिक्षक बालगोपाल महर्जनले उद्धारनै गरे ।

राष्ट्रिय टोलीका केही खेलाडी र विदेशी खेलाडीको लयसँगै काठमाडौंले प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो । विराटनगरविरुद्ध २–० गोल अन्तरले पछि परेको अवस्थामा उसले प्रभावशाली जित आत्मसाथ गर्यो । लिग चरणमै उसका विदेशी खेलाडी मेसुकेले ह्याट्रिक पुरा गरे । प्रतियोगितामा काठमाडौंले हार ब्यहोरेको धनगढीसँग मात्रै हो ।

काठमाडौंको टिममा खासै चोटको समस्या छैन । खेलाडी विस्तारै लयमा देखिन्छन् । विराटनगरविरुद्ध प्राप्त जितसंगै काठमाडौं प्रतियोगिताको प्रबल दाबेदारको रुपमा देखिएको छ ।

ओलावालेले जोगाएको धनगढी

धनगढीका मार्की खेलाडी हुन्, विशाल राई । धनगढीलाई विशाल सहित राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बु र विदेशी खेलाडीको आफिज ओलावालेको बलियो साथ छ ।

ओलावालेले लिग चरणको ५ खेलमा ४ गोल गरेका छन् । उनले अन्तिम खेल भने चोटका कारण खेलेनन् । उनी पहिलो खेलमा मात्रै गोल विहिन रहे । चौथो खेलमा पहिलो हाफमै चोट बोक्न पुगे । उनी प्लेअफमा काठमाडौैविरुद्ध उत्रने सम्भावन भने रहेको छ ।

जब ओलावले चल्छन्, धनगढी जोगिन्छ । नत्र सुदुरपश्चिमको यस टिमलाई गाह्रो पर्ने देखिन्छ ।

चोटले धोका दिएको चितवन

एफसी चितवनलाई समेत एनएसएलको बलियो टिम मानिएको थियो । चितवनलाई मार्की खेलाडी भरत खवास सहित अनुभवी प्रशिक्षक मेघराज केसीको साथ थियो ।

चितवनमा त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडीको बाहुल्यता रहेको छ । तर सुपर लिग अघि आर्मीले एएफसी छनोटको खेल खेल्न पर्र्नु र बाँकी खेलाडी समेत मोफसलमा रहँदा उसले आवश्यता अनुसार तयारी गर्न पाएन । चितवनले इजिष्टका दुई खेलाडी र फ्रान्सका गोरान भित्राएको थियो ।

मार्की खेलाडी भरत सहित विदेशी खेलाडीको चोट र अक्सनमा आएका विकास खवास लगायतका खेलाडीलाई चोटले सताउँदा उसले सोच अनुसारको प्रदर्शन दिन सकेन र लिग चरणबाटनै बाहिरियो । एनएसएलको पहिलो सिजन चितवनका लागि बिर्सनलायक रह्यो ।

ललितपुरको पुनरागमन

एक समय ललितपुर प्रतियोगिताबाट लगभग बाहिरिसकेको अवस्था थियो । सम्भावना गणितिय मात्र थियो । ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गर्यो । बाँकी खेलको जिम्मेवारी दियो, राजु तामाङलाई ।

'ब्याक टू ब्याक; दुई जित सहित ललितपुरले प्लेअफमा आफुलाई उभ्याउन सफल रह्यो । अन्जन विष्ट ललितपुरको यात्राका नायक रहे । उनी नेतृत्वको ललितपुरले एनएसएलको प्लेअफमा अझ बलियो चुनौती दिने अपेक्षा गरिएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य