एजेन्सी । इटालियन क्लब युभेन्ट्सले यस सिजन खराब प्रदर्शनलाई कायम राखेको छ ।
साविक विजेता समेत रहेको युभेन्ट्स आइतबार एसी मिलानसँग ३-० ले पराजित भयो ।
मिलानसँगको हारसँगै युभेन्ट्सको शीर्ष चार समेत कठिन बनेको छ ।
लगातारको खराब नतिजासँगै मुख्य प्रशिक्षक आन्द्रे पिर्लोमाथि दबाब थपिएको छ ।
तर, पिर्लोले राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।
'राजीनामा ? पक्कै पनि म छाड्ने छैन । मैले कठिनाइका बीचमा ठुलो भूमिका लिए । अझै तीन खेलहरु बाँकी छ । त्यसैले जबसम्म अनुमति मिल्छ म मेरो काम गर्नेछु,' मिलानसँगको हारपछि पिर्लोले भने ।
मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो ।
तर, यो सिजन युभेन्ट्स उपाधि जित्न असफल भएको छ ।
यस्तै पिर्लोले टिम राम्रो बनाउन आफुसँग राम्रो योजनाहरु रहेको समेत बताए ।