शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेलकुदलाई १ अर्ब ९३ करोडको बजेट सिलिङ

सोमबार, बैशाख २७, २०७८हिम बिक्रम केसी
खेलकुदलाई १ अर्ब ९३ करोडको बजेट सिलिङ
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ तोकेको छ ।

नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणमा रहेको सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई बजेट सिलिङ तोकेको हो ।

यस वर्षको बजेट सिलिङ गत वर्ष भन्दा १० करोड बढेर आएको हो ।

योजना तथा बजेट निर्माणमा रहेका मन्त्रालयका एक अधिकारीले बजेटको समग्र आकार गत वर्षको हाराहारीमा रहेको बताउँदै सिलिङ बजेट अघिल्लो वर्षभन्दा केही बढेर आएको बताए ।

‘ठुलो महत्वपुर्ण आयोजना छैनन् । कोभिडका कारण नवौं राष्ट्रिय खेलकुदको टुङ्गो छैन । केही मन्त्रालयको सिलिङ अर्ब रुपैयाँ घटेर आएको छ । गत वर्ष १ अर्ब ७६ करोड रुपैयाँ सिलिङ पाएको मन्त्रालयमा १० करोड बढेर आउनु सकारात्मकनै मान्नुपर्छ ।’ उनले खेलपाटीसंग भने ।

सरकारले गत वर्ष २ अर्ब ३६ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सरकारले युवा तथा खेलकुदमा ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तुलनात्मक रुपमा गत वर्षको बजेट घटेर आएको थियो ।

सरकारले १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ प्राप्त गरेपनि युवा तथा खेलकुद मन्त्रालयको झण्डै १ अर्ब रुपैयाँ प्रशासनीक खर्च हुँदै आएको छ । बाँकी बजेट भने स्काउट, युवा परिषद्, स्वरोजगार कोष, मन्त्रालयका कार्यक्रममा खर्च हुने गरेको छ । गत वर्ष खेलकुदतर्फ करिब ४० करोड रुपैयाँ मात्र पुर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको थियो ।

सरकारले नयाँ आर्थिक वर्षमा समेत युवा तथा खेलकुद मन्त्रालयका पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिने देखिएको छ ।

ओलीको गृहजिल्लामा रंगशाला

सरकारले प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा मदनभण्डारी रंगशाला निर्माणलाई नयाँ आर्थिक वर्षको बजेटमा राख्ने भएको छ । अर्थमन्त्रालयले रंगशालाका निर्माणका लागि नयाँ आर्थिक वर्षमा स्रोत सुनिश्चितता गरिदिने भएको हो ।

खेलकुद मन्त्रालय स्रोतका अनुसार झापामा मदन भण्डारी रंगशाला निर्माणमा अर्थ मन्त्रालयले बहुवर्षिय योजनाको रुपमा ५ अर्बको स्रोत सुनिश्चितता गरिदिने भएको हो ।


आदिवासी रंगशालामाथि घात

झापाको कमल गाउँपालिकामा आदिवासीको समाधी स्थल रहेको थियो । आदिवासीको नाममा रंगशाला बनाउने भन्दै सरकारले वडा नम्बर ५ मा रहेको ९ सय ५० भन्दा बढी आदिवासीको चिहान भत्कायो ।

एमाले सत्ता साझेदार रहेको कांग्रेस नेतृत्वको सरकारले ७२ सालमा मदन भण्डारी रंगशालाको नाममा बजेट विनियोजन गर्यो । सरकारी कदमको स्थानीयले विरोध गरे । रंगशाला निर्माणको काम अघि बढेन सकेन ।

सयौं आदिवासीको हाडखोर भत्किएको स्थान भएकाले आदिवासीको नाममा रंगशाला बन्नुपर्ने स्थानीयको माग छ । तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली मदन भण्डारी राष्ट्रको नेता भएका कारण मदन भण्डारीको नामबाट रंगशाला बन्नुपर्ने जिकिर गर्दै आएका थिए । लामो विवादले रंगशाला निर्माणको काम अघि बढ्न सकेकाे थिएन ।

प्रधानमन्त्री ओलीले झापामै मदन भण्डारी रंगशाला बनाउने योजना सहित स्थान परिवर्तन गरेका छन् । नयाँ रंगशाला निर्माणका लागि झापाको दमक वडा ३ हम्सेदुम्से सामुदायी बनमा १९ सय बढी रुख ढालेर मदन भण्डारी रंगशाला बनाउने सरकारको तयारी छ । सोही रंगाशालालाई बहुवर्षिय रुपमा स्रोत सुनिश्चितता गरे सरकारले नयाँ आर्थिक वर्षबाट बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल