एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा उपाधि दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले बराबरी खेल्नु परेको हो ।
पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७० औं मिनेटमा सेह्रोउ गुइरास्सीले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए ।

यस्तै खेलको ८७ औं मिनेटमा प्रिसन्ल किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै पीएसजीको उपाधि होडमा धक्का लागेको छ ।
दोस्रो स्थानको पीएसजीले ३६ खेलमा ७६ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानको लिल भन्दा ३ अंकले पछि रहेको छ ।
रेनस ५५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
