एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा २९ औं मिनेटमा इमिल स्मिथको गोलबर आर्सनलले अग्रता बनाएको थियो ।
३५ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए ।

खेलको ६७ औं मिनेटमा माथ्युएस पेरिएराले गोल गर्दै वेस्ट ब्रुमलाई २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ९० औं मिनेटमा विलियनले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।
जितसँगै आर्सनलले ३५ खेलमा ५२ अंक जोडेको छ ।
आर्सनल लिगको नवौं स्थानमा उक्लिएको छ ।
यस हारसँगै वेस्ट ब्रुम भने रेलिगेसनमा परेको छ ।
वेस्ट ब्रुम २६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
वेस्ट ब्रुमले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।
