फाइनलका लागि भारतीय टिमको घोषणा
शुक्रबार, बैशाख २४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । भारतले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल र इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले शुक्रबार २० सदस्सीय टिमको घोषणा गरेको हो ।
भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको हो ।
भारतले घोषणा गरेको टिममा हार्दिक पाण्डय र कुलदिप यादव परेका छैनन् ।
भारतले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।
त्यसपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट सुरु हुनेछ ।
a









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

