नाडाल र ओसाकालाई लाउरेउस स्पोर्ट्स अवार्ड
शुक्रबार, बैशाख २४, २०७८खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल र जापानिज खेलाडी नाओमी ओसाकाले लाउरेउस स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् ।
पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै नाडालले 'वर्ल्ड स्पोर्ट्सम्यान अफ दि इयर' अवार्ड जितेका हुन् ।
सन् २०२० मा नाडालले फ्रेन्च ओपन जित्दै सर्वाधिक धेरै ग्राण्डस्लाम विजेता रोजर फेडेररको कीर्तिमानीसँग बराबरी गरेका थिए ।
ओसाका 'वर्ल्ड स्पोर्ट्सवुमन अफ दि इयर' घोषित भईन । ओसाकाले गत वर्ष युएस ओपन जितेकी थिइन् ।
यस्तै जर्मन क्लब बायर्न म्युनिखले 'वर्ल्ड टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको छ ।
स्पोर्टिङ इन्स्पिरेसन अवार्ड लिभरपुलका मोहमद सलाहले जितेका छन् ।
एथ्लेट एड्भोकेट अफ डी इयर अवार्ड लुइस ह्यामिल्टनले प्राप्त गरेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



