एजेन्सी । स्पेनिस क्लब भिल्ला रियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २-१ को जितसहित भिल्ला फाइनल पुगेको हो ।
इंग्लिस क्लब आर्सनलको मैदानमा बराबरीमा रोकिएपनि भिल्लाले पहिलो लेगमा निकालेको कारण फाइनल यात्रा तय गरेको हो ।
भिल्लाले पहिलो लेगमा २-१ को जित निकालेको थियो ।

इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा भने दुबै टोलीले गोल गर्न सकेनन् । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टोलीले गोलरहित बराबरी खेल्नु परेको थियो ।
अब भिल्लाले फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ । युनाईटेड रोमालाई समग्रमा ८-५ ले हराएर फाइनल पुगेको छ ।
भिल्ला र युनाईटेडबीचको फाइनल खेल मे २६ मा हुनेछ ।
