• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेपको संरचनालाई क्लारेन्टाईन बनाउन भन्दै ज्ञापनपत्र
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २३, २०७८ खेलपाटी संवाददाता
राखेपको संरचनालाई क्लारेन्टाईन बनाउन भन्दै ज्ञापनपत्र
खेलकुद मन्त्री दावा तामाङलाई ज्ञापन पत्र बुझाउँदै महासंघका पदाधिकारी । फोटो : खेलपाटी

काठमाडौं । नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का भौतिक संरचनालाई कोरोना महामारीविरुद्धको लडाँईमा प्रयोग गर्न आग्रह गर्दै युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

महासंघको पदाधिकारी टोलीले बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा पुगेर राखेपको रंगशाला, तालिम केन्द्र, होस्टेल, कभर्ड हल जस्ता देशभरका भौतिक संरचनालाई कोरोनाको संकटको समयमा सदुपयोग गर्न मन्त्री तामाङसंग आग्रह गरेको हो ।

महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, उपाध्यक्ष सुभास श्रेष्ठ, महासचिव मेघराज पौडेल सहितको टोलीले खेलकुदमन्त्रीलाई भेट गरि ६ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

महासंघले त्रिपुरेश्वरस्थित राखेपको नयाँ प्रशासनिक भवनलाई क्वारेन्टाईनको रुपमा तुरुन्त सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै, त्रिपुरेश्वरस्थित कभर्डहल र प्याराफिट मुनिका ट्रेनिङ हललाई आईसोलेसन सेन्टरको रुपमा विकास गर्न, पोखरा, हेटौंडा, दाङ, नेपालगञ्ज लगायतका स्थानमा रहेका कभर्डहल र ट्रेनिङ सेन्टरलाई आवश्यकता अनुसार प्रयोग गर्न र विभिन्न खेल सञ्चालन हुने ईन्डोर हललाई समेत प्रयोगको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासंघले कोरोनाको जोखिमपुर्ण अवस्थामा खेलाडी र खेलकर्मीका परिवारलाई तत्काल राहत सहयोगका लागि प्याकेज घोषणा गर्न, आवश्यक परेका खेलाडीको उपचार र पुर्नस्थापना गर्ने कुरामा पहलकदमी लिन खेलकुद मन्त्रीसंग माग गरेको छ ।

यस्तै महासंघले संकटको घडीमा राखेपमा कार्यरत स्वयंमसेवक, प्रशिक्षक, प्रशासनिक कर्मचारी, पदाधिकारी, विभिन्न खेलका राष्ट्रिय संघ सम्वद्ध पदाधिकारीलाई परिचालन गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष रमेश पौडेलले कोरोनाको संक्रमण बढेसंगै आवश्यक पुर्वाधारको अभाव भएकाले खेलकुद क्षेत्रका संरचनालाई प्रयोग गर्न मन्त्री तामाङ समक्ष आग्रह गरेका थिए ।

महासचिव मेघराज पौडेलले खेलकुदको नेतृत्व गर्ने संस्था भएको हिसाबले खेल र खेलकुदलाई जोगाउने दायित्व आफुहरुको रहेको उल्लेख गर्दै कठिन अवस्थामा खेलकुद र खेलाडीलाई जोगाउन लाग्नुपर्ने बताएका थिए ।

मन्त्री तामाङले कोरोनाका कारण खेलकुद गतिविधि बन्द रहेको अवस्थामा भौतिक संरचनालाई क्वारेन्टाईन र आईसोलेसनको रुपमा सदुपयोग गर्न मन्त्रालय तयार रहेको बताएका थिए । उनले ज्ञापन पत्र बुझ्दै महासंघको आग्रह अनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP