बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा

बिहिबार, बैशाख २३, २०७८खेलपाटी संवाददाता
विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा
Classic Tech Internet Ad

काठमाडौं । काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।

यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे ।

विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो  ।

प्रतियोगिताकै रोमान्चक खेलमा दुई गोलको अग्रता उल्टाएर काठमाडौंले उत्कृष्ट जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । कप्तान रन्जित धिमालको लामो क्रसमा एडिलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र रहेका विराटनगरका पेड्रो मान्जीको एक्रोब्याटिक प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।

Image

खेलको २५ औं मिनेटमा विराटनगरका सुनिल बलको कडा प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले पन्च गर्दै बल बाहिर फालेका थिए ।

३३ औं मिनेटमा पेड्रोले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए । उनले सन्तोष तामाङको लामो पासमा बल अगाडी बढाउदै काठमाडौंका गोलकिपर विकेशलाई बिट गर्दै गोल गरे ।

तर, खेलको ३५ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई २-१ को स्थितिमा ल्याए । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिलाई लाग्दै गोल भएको थियो ।

त्यसको एक मिनेट नबित्दै मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २-२ को बराबरीमा ल्याए । उनले मैदानको बायाँ भागबाट क्रस गरेको एयर बल सिधै पोस्ट भित्र छिरेको थियो ।

खेलको ४१ औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३-२ को अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट पाएको फ्रिकिकमा स्टेफेनले उत्कृष्ट गोल गरे ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा मेसौकेको क्रसमा संजोक राईको हेडर बाहिरिएको थियो ।

May be an image of 1 person and text

खेलको ५२ औं मिनेटमा विराटनगरका अशोक थापाले गोलको अवसर गुमाए । वान भर्सेस वानको स्थितिमा अशोकको प्रहार काठमाडौंका गोलकिपर विकेशले उत्कृष्ट बचाऊ गरे ।

६६ औं मिनेटमा काठमाडौं प्रिजेन तामाङको क्रसमा स्टेफेनको प्रहार आकाशिएको थियो ।

खेलको ६८ औं मिनेटमा मेसौकेले ह्याट्रिक पूरा गर्दै काठमाडौंलाई ४-२ को अग्रता दिलाए । बायाँ कर्नरबाट विराटनगरका डिफेन्डर दिवाकर चौधरीलाई बिट गर्दै अगाडी बढाएको बललाई उनले गोलमा परिणत गरे । करिब ६ यार्डबाट उनले प्रहार गरेको बल दोस्रो बारको टप कर्नरमा लाग्दै पोस्ट भित्र पसेको थियो ।

मेसौके जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

May be an image of one or more people, people playing sports and text

७३ औं मिनेटमा प्रिजेन तामाङको प्रहार विराटनगरका डिफेन्डरको खुट्टामा डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । त्यसको एक मिनेट नबित्दै स्ट्राइकर स्टेफेनले पेनाल्टी क्षेत्रको मध्ये भागबाट प्रहार गरेको बल पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

७९ औं मिनेटमा विराटनगरका कप्तान रन्जित धिमालले गोल गर्दै खेललाई ४-३ को अवस्थामा ल्याए । उनले मध्ये भागबाट अगाडी बढाउदै प्रहार गरेको बल पोस्टको दायाँ बारमा लाग्दै गोलमा परिणत भएको थियो ।

तर, ८३ औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५-३ को अग्रता दिलाए । उनले मेसौकेले दिएको बललाई एक्लै अगाडी बढाउदै उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५-४ को स्थितिमा ल्याए । रन्जितको क्रसमा एडिलाजाले दिएको पासमा पेड्रोले गोल गरे ।

तर, पेड्रोको गोलले विराटनगरको हार भने जोगाउन सकेन ।

Image

खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । काठमाडौं दोस्रो स्थानमा समेत उक्लिएको छ ।

यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि धनगढी प्लेअफ पुगिसकेको छ ।

विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा रहेको छ ।

विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

Bajaj Pulsar Motorcycle Ad
अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’