• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएलमा ललितपुरको पहिलो जित
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २३, २०७८ खेलपाटी संवाददाता
एनएसएलमा ललितपुरको पहिलो जित

काठमाडौं । ललितपुर सिटी एफसीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ ।

बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवलविरुद्ध ललितपुरले सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो । र, सुरुवातमै गोल गर्दै ललितपुरले महत्वपूर्ण जित निकाल्यो ।

खेलको पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाएका थिए । जुन गोल खेलको निर्णायक बन्यो ।

कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए । मैदानको बायाँ भागबाट डिफेन्डर निरज बस्नेतको बाईसाइकल प्रहारमा अन्जनले नुर्लानलाई हेडिङ पास उपलब्ध गराएका थिए ।

Image

खेलको पाँच मिनेटभित्रै गोल गरेको ललितपुरले आक्रामक खेललाई अन्तिम समयसम्म जारी राख्यो ।

खेलको ३० औं मिनेटमा नुर्लानको पासमा अन्जन विष्टको हेडर पोस्टको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ३२ औं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको सुनौलो अवसर खेर फाले । अन्जनको पासमा पेनाल्टी बक्स भित्रबाट भिलिमले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३६ औं मिनेटमा बुटवलका अभिषेक रिजालको लामो क्रसमा लक्ष्मण रुचालको प्रहार बाहिरियो ।

पहिलो हाफको इन्जुरी समयमा बक्स बाहिरबाट बुटवलका सुमन लामाको प्रहार आकाशिएको थियो ।

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइडको इशारा गरेपछि ललितपुर अग्रता दोब्बर बनाउन चुकेको थियो ।

Image

खेलको ५० औं मिनेटमा ललितपुरका विमल रानाको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६४ औं मिनेटमा ललितपुरका डोना थापाको पेनाल्टी बक्सभित्रबाटको प्रहार आकाशिएको थियो ।

खेलको इन्जुरी समयमा समेत डोनाले गोलको अवसर गुमाए । पेनाल्टी बक्सको एजबाट उनको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।त्यसको एक मिनेटपछि बुटवलका विलियम ओपोकोको हेडर आकाशिएको थियो ।

यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा मैदानको दायाँ भागबाट नवीन लामाको लामो क्रसमा डोनाको प्रहार बुटवलका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए ।

May be an image of 1 person, standing and text that says 'vic khukri CocaCola Khukri HUAWEI Khukri Pay HUAWEI Khukri SUBISU CocaCola NIVIA NIVIA NIVIA Norvic Norvic Khukri CocaCola kri Khu HUAWEI Khukri SUBiSU HU HUAWEI Khukri dệ HUAWEI Khukri Coca-Cola Norvic SU Khukri HUAWEI Khukri Khukti Pay HUAWEI Khukri HUAWEI HU ÛICHIVAS Khukri AWEI Khukri SUBiSU Khu rvic Khukri CocaCola Khukri HUAWEI Khukri AP Khukri HU HUAWEI NIVIA Norvic Khukri Norvic pAYTO SUPER PLAYER OF THE MATCH TWENTY FIVE THOUSAND RUPEES HUAWEI Khukri NRs. 25,000/- hukri Coca-Cola Khu gri HUAWEI Khukri SUBiSU HU Norvic Pay Khukri HU'

खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरका मिक्छेन तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै ललितपुर लिगको चौंथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको छ ।

जितपछि ललितपुरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

बुटवल भने लिगको पाँचौं स्थानमा झरेको छ । बुटवलले ५ खेलमा ५ अंक जोडेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP