बंगलादेश र श्रीलंकाबीचको सिरिज ढाकामा हुने
बुधबार, २२ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम बंगलादेश र श्रीलंकाबीचको एकदिवसीय सिरिज ढाकामा हुने भएको छ ।
बंगलादेश क्रिकेट बोर्डले बुधबार एकदिवसीय सिरिज ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा हुने जनाएको छ ।
बंगलादेश र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।
आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिजको पहिलो खेल मे २३ मा हुनेछ ।
यस्तै दोस्रो खेल मे २५ र अन्तिम खेल मे २८ मा हुनेछ ।
सिरिजका लागि श्रीलंकाको टिम मे १६ मा ढाका आईपुग्ने छन् ।







-1774280237611.jpeg&w=3840&q=75)





-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)
