एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले सेफिल्ड युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले ह्याट्रिक गरे । सन ह्युङ मिनको नाममा एक गोल रह्यो ।
खेलको ३६ औं मिनेटमा बेलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।

६९ औं मिनेटमा बेलले ह्याट्रिक पूरा गर्दा टोटेनहम ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।
जितसँगै टोटेनहम लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
टोटेनहमले ३४ खेलमा ५६ अंक जोडेको छ ।
सेफिल्ड १७ अंक जोडेर पुछारमा रहेको छ ।