कोरोना प्रभावितलाई जयदेवको सहयोग
शुक्रबार, बैशाख १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम राजस्थान रोयल्सका बलर जयदेव उनादकटले कोरोना प्रभावितलाई सहयोग गरेका छन् ।
भारतीय टिममा सदस्य समेत रहेका बलर उनादकटले कोरोना प्रभावितका लागि मेडिकल सामग्री किन्नको लागि सहयोग गरेका हुन् ।
उनले आईपीएलबाट आउने तलबको १० प्रतिशत सहयोग गर्ने घोषणा गरेका हुन् ।
भारतमा पछिल्लो समय कोरोनाको महामारी तीव्र रुपमा फैलिरहेको छ ।
भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । जसको कारण लाखौ मानिस प्रभावित भएका छन् ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
