सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय
शुक्रबार, बैशाख १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।
क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिन सुरु भएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
