शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. टी-ट्वान्टीमा सर्वाधिक रन जोड्ने चार खेलाडी

टी-ट्वान्टीमा सर्वाधिक रन जोड्ने चार खेलाडी

२०२१ अप्रिल ३०, शुक्रबारखेलपाटी संवाददाता

टी-ट्वान्टीमा सर्वाधिक रन जोड्ने चार खेलाडी

एजेन्सी । टी-ट्वान्टी फर्म्याटको क्रिकेट पछिल्लो समय लोकप्रिय छ । यस फर्म्याटको क्रिकेट लोकप्रिय हुनको कारण विभिन्न देशमा हुने टी–ट्वान्टी फ्रेन्चाईज लिग पनि हो ।

यस फर्म्याटमा दर्शकले लगातारको बाउन्ड्री देख्न पाउनुले पनि धेरैको रोजाईमा पर्न गएको हो । दर्शकलाई कम समयमा धेरै मनोरञ्जन चाहिने भएकाले पनि टी–ट्वान्टी फर्म्याटको लोकप्रिय भएको मान्न सकिन्छ ।

टी–ट्वान्टीमा पहिलो बलबाट नै अधिक रन बनाउन दबाब रहन्छ । त्यसैले टी–ट्वान्टीमा ब्याट्सम्यानले आक्रमक ब्याटिङ गर्ने गर्दछन् । जसमा ब्याट्सम्यानलाई आउट हुन सक्ने अधिक जोखिम पनि रहेको हुन्छ ।

तर, त्यस्ता केही ब्याट्सम्यान छन् यस टी–ट्वान्टी क्रिकेटमा १० हजार भन्दा बढी रन बनाएका छन् ।

टी–ट्वान्टीमा सर्वाधिक रन जोड्ने चार खेलाडी -

४. डेभिड डेविड वार्नर (१०,०१७ रन)

अस्ट्रेलियाका डेविड वार्नरलाई टी–ट्वान्टी फर्म्याटमा विस्फोटक ब्याट्सम्यानको रुपमा परिचित छन् । ओपनर ब्याट्सम्यान वार्नरले आफ्नो आक्रामक ब्याटिङले बलरलाई सधै आफ्नो दबाबमा राख्ने गर्दछन् ।

Important to look after mental health of every player during IPL: David  Warner | Sports News,The Indian Express

बुधबार आईपीएलमा चेन्नई सुपर किंग्सविरुद्ध भएको खेलमा वार्नरले अर्धशतक जोड्दै टी–ट्वान्टीमा १० हजारको आँकडा पूरा गरेका थिए । उनी टी–ट्वान्टीमा १० हजार रन बनाउने चौथो खेलाडी बने ।
वार्नरले फरक फरक टिमका लागि टी–ट्वान्टी खेल खेल्दै ३०४ खेलमा ३७.८० को औसतमा १० हजार १७ रन बनाएका हुन् ।

३. शोएब मलिक (१०,४८८ रन)

पाकिस्तानका ब्याट्सम्यान तथा टी–ट्वान्टी फर्म्याटका माहिर खेलाडी मध्ये एक हुन् शोएब मलिक । मलिकले टी–ट्वान्टीमा पाकिस्तान तथा अन्य फरक लिगमा खेल्दै धेरै रन जोडेका छन्। टी–ट्वान्टीमा १० हजार रन बनाउने मलिक एशियाका एक्ला खेलाडी हुन् । उनले ४१७ खेलमा ३०.०७ को औसतमा १० हजार ४ सय ८८ रन जोडेका छन् ।

Shoaib Malik gets green light for late departure for England | Cricket News  - Times of India

२. केइरन पोलार्ड (१०,६९४ रन)

वेस्ट इन्डिजका अलराउन्डर किरोन पोलार्डको स्तर टी–ट्वान्टी क्रिकेटमा अन्य खेलाडी भन्दा फरक स्थानमा छ । अलराउन्डर पोलार्डले फरक फरक राष्ट्रका विभिन्न लिग खेल्दै मध्येक्रममा सर्वाधिक रन बनाए ।

पोलार्ड एक आक्रामक ब्याट्सम्यानले टी–ट्वान्टी फर्म्याटमा परिचित छन् । यसै क्रममा उनको नाम टी–ट्वान्टी क्रिकेटमा १० हजार भन्दा बढी रन बनाउने खेलाडीको दोस्रो स्थानमा छ ।

Kieron Pollard dead? THIS is the truth

उनले ५३९ खेलमा ३१.४५ को औसतमा १० हजार ६ सय ९४ रन जोडेका छन् । उनले टी–ट्वान्टीमा एक शतक र ५२ अर्धशतक बनाएका छन् ।

१. क्रिस गेल (१३,८३९ रन)

टी–ट्वान्टी क्रिकेटमा जसको सबैभन्दा बढी दबाब देख्न पाइन्छ उनी हुन्, क्रिस गेल । गेलले टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा धेरै उपलब्धि हासिल गरेका छन् ।

उनी यस फर्म्याटमा १० हजार भन्दा बढी रन बनाउने खेलाडीको पहिलो स्थानमा छन् । गेलको नाममा टी–ट्वान्टीमा २२ शतक र ८६ अर्धशतक छन् । उनले टी–ट्वान्टीमा धेरै रेकर्ड आफ्नो नाममा राखेका छन् ।

Chris Gayle to play for Pokhara Rhinos in Everest Premier League

गेलले टी–ट्वान्टीका ४२२ खेलमा ३७.९१ को औसतमा १३ हजार ८ सय ३९ रन जोडेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

नेपाल ‘ए’ ले जित्यो सिरिज

नेपाल ‘ए’ ले जित्यो सिरिज

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई