काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा विराटनगरले ३-० को अग्रता बनाएको छ ।
खेलको ६९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई ३-० को अग्रता दिलाएका हुन् ।
यस अघि बिक्रम धिमाल र डिलाजा सोमिडेले गोल गरेका थिए ।