नेपालको फिफा वरीयता यथावत
शुक्रबार, २६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। पछिल्ला चारमध्ये ३ खेलमा पराजित भएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यथावत रहेको छ।
फुटबलको सर्वोच्च निकायले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८९औं स्थानमा कायम रहेको हो।
नेपालले अक्टोबरदेखि डिसेम्बरसम्म चार खेल खेलेको थियो। इरानसँग ३-० ले पराजित भएको नेपालले भारतलाई २-१ ले पाखा लगाएको थियो।
यस्तै, इन्डोनेसियासँग २-१ र चाइनिज ताइपेईसँग १-० ले पराजित हुन पुगेको थियो।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)