एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले चोट बोकेका छन् ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत मेट्जविरुद्धको खेलमा एमबाप्पेले चोट बोकेका हुन् ।
एमबाप्पेको 'थाइ इन्जुरी' भएको बताईएको छ । चोटका कारण उनी ८७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

खेलमा पीएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । जसमा एमबाप्पेले दुई गोल गरेका थिए ।
चोट बोकेपछि एमबाप्पेले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध हुने सेमिफाइनलको पहिलो लेग गुमाउने सम्भावना बढेको छ ।
पीएसजीले सेमिफाइनलको पहिलो लेगमा सिटीसँग अप्रिल २९ मा खेल्नेछ ।