एजेन्सी । वाट्फोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।
च्याम्पियनसिप अन्तर्गत शनिबार राति मिलवालविरुद्ध १-० को जित निकाल्दै वाट्फोर्ड बढुवा भएको छ ।
घरेलु मैदानमा वाट्फोर्डलाई जित दिलाउन इस्मालिया सारले निर्णायक गोल गरे ।
उनले खेलको ११ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
जितसँगै वाट्फोर्डले ४४ खेलमा ८८ अंक जोडेको छ । वाट्फोर्ड दोस्रो स्थानमा रहेको छ ।
वाट्फोर्ड गत सिजन प्रिमियर लिगमा घटुवा भएको थियो ।
तर, घटुवा भएको एक सिजन पछि नै वाट्फोर्ड बढुवा भएको हो ।
यस अघि नर्विच पनि प्रिमियर लिगमा बढुवा भईसकेको छ ।