एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले वुल्फ्स्बर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
वुल्फ्स्बर्गको मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।
खेलको १२ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा जुड बेलिङ्गघमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ६८ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।
यससँगै हालाण्डले यस सिजन २५ औं गोल पूरा गरेका छन् ।
जितसँगै डर्टमण्डले ३१ खेलमा ५५ अंक जोडेको छ ।
डर्टमण्ड पाँचौं स्थानमा रहेको छ ।
वुल्फ्स्बर्ग ५७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।