एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले बेटिससँग अंक बाड्नु परेको हो ।
यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।
रियलले ३३ खेलमा ७१ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक रहेको छ ।
बेटिस ५० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा भ्यालेन्सियाले डिपोर्टिभो अल्भेससँग १-१ गोलको बराबरी खेलेको छ ।
त्यस्तै इल्चेले लेभान्टेलाई १-० ले हराएको छ ।