एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।
शनिबार राति भएको खेलमा बायर्न मैन्जसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको तेस्रो मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए ।
खेलको ३७ औं मिनेटमा रोबिन क्वासनले गोल गर्दा मैन्जले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल गरेपनि बायर्न २-१ ले पराजित भयो ।
यस हारसँगै बायर्न उपाधि उचाल्न असफल भएको छ ।
बायर्नलाई उपाधिका लागि मात्र एक जितको आवश्यकता रहेको छ ।
बायर्न लगातार नवौं सिजन उपाधिको नजिक रहेको छ ।
यस हारसँगै बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मैन्ज ३४ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।