आर्चरले आईपीएल गुमाउने
शुक्रबार, १० बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाउने भएका छन् ।
चोटको कारण बलर आर्चरले आईपीएलको यस सिजन गुमाउने भएका हुन् ।
आर्चर राजस्थान रोयल्समा आबद्द थिए । उनी चोट मुक्त हुँदै टिममा सामेल हुने तयारीमा रहेका थिए ।
तर,चोटलाई पूर्ण रुपमा ठिक बनाउनका लागि आर्चरले आईपीएल नखेल्ने भएका हुन् ।
आर्चरको दाहिने हातको कुहिनोको चोट बोकेका छन् । उनले चोटको शल्यक्रिया समेत गराएका थिए ।
आर्चरले हात जनवरीमा माछा राख्ने ट्यांक सफा गर्दा चोट बोकेको बताईएको छ ।
चोटकै कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाएका थिए । जुन सिरिज भारतले २-१ ले जितेको थियो ।
आर्चरले चोटकै कारण भारतविरुद्धको दुई टेस्ट खेलेका थिएनन् । टी-ट्वान्टी भने आर्चरले खेलेका थिए ।






-1774523438835.jpg&w=3840&q=75)



-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)