• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
फाइनलमा केही परिवर्तन हुन सक्छ - कप्तान मल्ल
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १०, २०७८ खेलपाटी संवाददाता
फाइनलमा केही परिवर्तन हुन सक्छ - कप्तान मल्ल

काठमाडौं । घरेलु भूमिमा जारी त्रिकोणत्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल अपरान्ह १:४५ बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

नेदरल्यान्ड्सविरुद्धको फाइनल अघि खेलपाटीसँग कुरा गर्दै नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले सिरिज जित्ने प्रयास गर्ने बताए । उनले लामो समयपछि मैदान फर्किदा पनि टोलीको प्रदर्शन उच्च रहेकाले ट्रफी जित्नेमा विश्वस्त रहेको बताए । ट्रफी कप्तानका लागि मात्र नभई टोलीको आत्मविश्वासका लागि पनि अति आवश्यक रहेको उनको भनाई छ ।

‘टोलीको जित नै कप्तानका लागि ठुलो खुसी हो । त्यसमा पनि ट्रफी जित्नु झनै आफैमा खुसीको विषय हो,’ कप्तान मल्ले भने, ‘यसले टिमलाई पनि आगामी दिनमा आत्मविश्वास दिन्छ । व्यक्तिगत रुपमा पनि अन्तर्राष्ट्रिय ट्रफी जित्दा सबै खुसी नै हुन्छौ ।’

May be an image of 1 person, standing, grass and text

कप्तान मल्लले नेदरल्यान्ड्ससँगको फाइनलमा टिममा केहि परिवर्तन हुन सक्ने संकेत समेत दिए । उनले भने, ‘फाइनलमा केही परिवर्तन हुन सक्छ । तर अहिले नै भन्न सक्ने अवस्था छैन । हामी पहिला छलफल गर्छौ । फाइनलमा कसरी जाने, कुन योजनामा जाने भन्ने विषयको छलफल हुन्छ । त्यसपछि मात्रै परिवर्तनको टुङ्गो लगाउँछौ ।’

पहिले ब्याटिङ गर्न अवसर पाए नेपाली टोलीले धेरै भन्दा धेरै रन जोड्ने प्रयास गर्ने उनले बताए । उनले बलिङमा कम बाउन्ड्री र धेरै बल डट गर्ने प्रयास रहने बताए ।

‘हाम्रो बलिङ पनि राम्रो छ । विकेट आए अनुसार मैदान पनि सानो जस्तो लागिरहेको छ,’ उनले भने, ‘ब्याटिङतर्फ मिडिल अडरमा लगातार विकेट गइरहेको छ । अर्को कुरा टी–ट्वान्टीमा डट बल कम गर्नु पर्छ । त्यसपछि अन्मितको दुई ओभरमा बढी रन बटुल्नु पर्छ । हामीले पछिल्लो खेलहरुमा अन्तिमका दुई ओभरमा राम्रो रन बटुल्न सकिरहेका छैनौ ।’

May be an image of ‎one or more people, people standing, people playing sports and ‎text that says '‎ند Û khelpati.com खेल खेलपाटी पाटी khelpat खेलपाटीkhelpati.com खेलपाटी khelpati.comखेलपाटी khelpati.com AJ‎'‎‎

कप्तान मल्ले मैदानको आउट फिल्ड सोचेको जस्तो नभइरहेको बताए । आउट फिल्ड सोचे जस्तो नभएकाले फिल्डर्सहरुलाई अट्याकिङ र डिफेन्स गर्ने विषयमा दुविधा भइरहेको उनले बताए ।

‘आउट फिल्डका कारण अट्किङ गर्दा थम्बल्स हुने सम्भावना पनि प्रवल हुन्छ । त्यसले गर्दा पनि फिल्डिङ राम्रो भइरहेको छैन् । तर, क्याचहरु भइरहेकाले पनि हाम्रो फिल्डिङ त्यस्तो कमजोर छ जस्तो लाग्दैन,’ उनले भने ।

May be an image of 1 person, standing and text

उनले नेपाली ब्याट्सम्यानको अबको योजना अन्तिम ओभरमा बाउन्ड्री हुनु पर्ने बताए । फिनिसिङ ओभरमा कमजोर देखिएको नेपालका लागि सुर्धान आवश्यक रहेको उनले बताए ।

‘हामीले अन्तिम ओभरमा ८–१० रन जोड्नै पर्छ । तर, त्यसो हुन सकिरहेको छैन । यसमा हामी सबैलाई थाहा पनि छ । हामी यसको बारेमा पनि योजना बनाउँदै छौ,’ उनले भने, ‘ अन्तिम ओभरमा जो इस्ट्राइकमा हुन्छ, त्यसले पक्कै पनि त्यो टार्गेट गर्नु पर्छ भन्ने विषयको छलफल गछौ ।’

May be an image of 1 person, standing, playing a sport and text

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP