मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नर्भिक नेपाल सुपर लिगको मेडिकल पार्टनर

बुधबार, ०८ बैशाख २०७८खेलपाटी संवाददाता
नर्भिक नेपाल सुपर लिगको मेडिकल पार्टनर
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ सँग नर्भिक इन्टरनेशनल हस्पिटल जोडिएको छ ।

प्रतियोगताको मेडिकल पार्टनरको रुपमा नर्भिक हस्पिटल जोडिएको नेपाल सुपर लिगले जनाएको छ ।

प्रतियोगिता आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टका डिरेक्टर श्रेयांश कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगिता कोरोना भाईरसको स्वास्थ्यका सबै मापदण्ड पालना गरी बैशाख ११ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

नेपाल सुपर लिगको अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसरसहितको टिम मैदानमै रहनेछ ।

आधारभूत औषधि तथा अन्य स्वास्थ्य सामाग्रीसहितको नर्भिकको लोगो अंकित मेडिकल ब्याग खेलमा सहभागी प्रत्येक टिमका लागि उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नु परे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउनेछ ।

कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत उपलब्ध हुनेछ ।

रंगशालामा संभव नहुने उपचारका लागि कुनै खेलाडी, दर्शक वा आयोजकका सदस्यलाई अस्पताल लैजानु परे त्यहाँ लाग्ने सबै उपचार खर्च स्वयम् बिरामीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिनेछ ।

सम्झौतापछि प्रतिक्रिया दिंदै नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताईन । हरेक क्षेत्र र वर्गका मानिसहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको नर्भिकले आगामी दिनमा यस्तै अन्य इभेन्ट्सहरुमा समेत सहकार्य गर्ने नीति लिएको उहाँको भनाई छ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डिरेक्टर श्रेयांश कार्कीले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिकजस्तो अन्तराष्ट्रिय स्तरको सेवा दिने अस्पतालसँग नेपालको पहिलो फ्रेञ्चाइज फुटबल लिगमार्फत सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त