शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उमेर समूहको भलिबल खै ?

बुधबार, ०८ बैशाख २०७८गिता राई
उमेर समूहको भलिबल खै ?
Loading ad...
mustang rice ad

काठमाडौं । महिला भलिबलमा नछुट्ने नाम हो, कुमार राई ।

न्यु डाईमण्ड एकेडेमीमार्फत महिला खेलाडी उत्पादनमा नाम कमाएका राईले घरेलु भलिबलमा बेग्लै पहिचान बनाएका छन् ।

लामो समयदेखि भलिबलमा सक्रिय उनी खेलकुदको नीति नियमबाट खुशी छैनन् । भलिबल विकास नसक्नुको एक मुख्य कारण नीति नियम भएको उनको ठम्याई छ ।

‘भलिबल विकास गर्ने हो भने सबैभन्दा पहिला अहिलेसम्म भएका खेलकुदका नीति नियम परिवर्तन हुनुपर्छ । खेलमा नचाहिदो नीति नियम ल्याउनुहुँदैन ।’ उनले भने ।

प्रशिक्षक राईले खेलमा सरकारी र गैरसरकारी भन्ने विवादलाई बढावा नदिएर सबै बराबर हुनुपर्ने बताए ।

‘प्रशिक्षकमा पनि सरकारी र गैरसरकारी प्रशिक्षक भनेर छुट्याउँछन् । यदि दक्ष प्रशिक्षक छ भने उसलाई जहाँपनि बराबर अवसर हुनुपर्छ । अनि मात्र राम्रा खेलाडी उत्पादन हुन्छन् । सरकारको खेलप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । र खेललाई निश्चित बजेट छुट्याउनुपर्छ ।’ प्रशिक्षक राईले भने ।

उमेर समूहको बढी प्रतियोगितामा हुनुपर्छ ।

भलिबलमा मात्र नभएर सबै खेलमा उमेर समूह मात्र यस्तो एउटा पक्ष हो जहाँबाट उत्कृष्ट खेलाडीहरु निस्किन्छन् । तर घरेलु खेलकुदमा उमेर समुहका कमै प्रतियोगिता हुन्छन् ।

‘उमेर समूहको बढि भन्दा बढी प्रतियोगिता हुनुपर्ने हो । तर यहाँ प्रतियोगितानै छैन । एउटा राष्ट्रपति कप हुन्छ, त्यो जस्तो नराम्रो प्रतियोगितानै छैन । विद्यालयस्तरको प्रतियोगिता भनेको छ, ठूला, ठूला मान्छे आउँछन् ।’ उनले भने ।

प्रशिक्षक राईले विभिन्न उमेर समूह छुट्याएर उनीहरुलाई सम्हाल्ने बेग्लै व्यक्ति हुनुपर्ने बताए ।

उनले उमेर समूहबाट निस्किएका च्याम्पियन खेलाडीलाई विदेशमा प्रशिक्षण र प्रतियोगिता खेल्न पठाए उत्कृष्ट खेलाडी बन्ने बताए ।

‘फुटबलमा उमेर समूहको प्रतियोगिता भइरहेको । तर भलिबलमा खै त ? यो किन हुँदैन ? मैले यस्तो प्रश्न उठाए भने उसकोमा खेलाडी छ, उसले जित्नलाई यस्तो भन्यो भन्ने विषय बाहिर ल्याउछन् । यस्ता कुराहरु सम्बन्धित निकायमा बस्नेलेनै भन्छन् । यस्तो कुराहरु बोल्ने मान्छेहरु भएको निकायको कहिल्यै विकास हुँदैन ।’

उनले प्रतियोगिताको वार्षिक कार्यतालिका बनाएर पुरस्कार राशीबाट खेलाडीलाई बाँच्न सहज हुने योजना ल्याउनुपर्ने उल्लेख गरे ।

No description available.

नीतिनियम परिवर्तन गर्नुपर्छ

‘खेलमा वार्षिक कार्यतालिका अनिवार्य हुनुपर्छ । सोही अनुरुप प्रतियोगिता हुने, सरकारले हरेक खेलाडी उत्पादन गर्ने संस्थालाई अनुदान प्रदान गर्ने, विद्यालयस्तरमा प्रतियोगिता गराउने योजना बनाउनुपर्छ ।’ प्रशिक्षक राईले भने ।

उनले राम्रो सुविधा र अनुदान दिएमा खेलाडी उत्पादन गर्न गाह्रो नहुने बताए ।

‘विद्यालयलाई सुविधा तथा अनुदान दिएपछि प्रशिक्षण सुरु गर्छन् । न्यु डाईमण्ड जस्तो ५० स्कुलले ५० खेलाडी उत्पादन गर्यो भने १२ जना उत्कृष्ट खेलाडी निकाल्न गाह्रो हुँदैन,’ प्रशिक्षक राई भने, ‘त्यसैले यस्ता कुरा सरकारी नीति नियममा आउनुपर्छ । पहिला विद्यालयलाई हेर्ने दृष्टिकोण शिक्षा कार्यालयको छुट्टै हुन्थ्यो । त्यसैले आफ्नो विद्यालयप्रति शिक्षा मन्त्रालयको दृष्टिकोण राम्रो होस् भनेर पनि प्रशिक्षण गर्थे । अहिले खेलकुदमा राजनीति छ । टेलिफोनको भरमा काम हुन्छ ।’

प्रशिक्षण गर्न आर्थिक समस्या

‘खेलाडी कस्तो उत्पादन गर्ने भन्ने कुरा प्रशिक्षणमा भर पर्दछ । जति राम्रो प्रशिक्षण भयो उति राम्रो खेलाडी उत्पादन हुन्छन् । तर यहाँ प्रशिक्षण भनेको अर्थमा ठोकिन्छ, आर्थिक बलियो हुनुपर्छ ।’ राई भन्छन् ।

प्रशिक्षक राईले विभागीय भन्दा अरु टिमलाई आर्थिक समस्याका कारण प्रशिक्षणलाई निरन्तरता दिन नसकेको बताए ।

‘विभागलाई छोडेर अरु टिमलाई हेर्ने हो भने आर्थिक पक्ष कसैको बलियो छैन । उनीहरुसँग सरकारी सम्पति छ । निरन्तर प्रशिक्षण गर्न सक्छन् । नीजि क्लबले निरन्तर प्रशिक्षण गर्ने क्षमता छैन ।’ उनले भने ।

उनले थपे, ‘एक त प्रतियोगिता हुँदैन, भइहाल्यो भने पनि विभागले जित्छ । अरु हेरेको हेरै हुन्छ ।’

उनले प्रशिक्षण राम्रो बनाउन आर्थिक रुपमा सवल हुनुपर्नेमा जोड दिए । ‘जति खेलाडी उत्पादन हुन्छन् । उत्तिकै प्रतिस्पर्धा बढ्छ । जति प्रतिस्पर्धा बढ्यो, त्यतिनै उत्कृष्ट खेलाडी निस्किन्छन् ।’
महिला भलिबलमा तीन विभाग र डाईमण्डसंग प्रतिस्पर्धा गर्ने अन्य कुनै क्लब नभएको राईले बताए ।

May be an image of 4 people, people standing and text that says '*4&M4 Put.fน MutLifo WOMEN M VOLLEY NSC Cov खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com KEL खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com Orthop'

खेलाडीको भविष्य संस्थानको हातमा

२०४६ अघि नेपालको भलिबललाई हेर्ने हो भने सबै खेलाडीलाई संस्थानहरुले संरक्षण गरेर राखेको थियो । उनीहरुको पढाईको साथसाथै खेल पनि राम्रो हुन्थ्यो । तर अहिले खेलाडीको भविष्य तथा पढाईको महत्व छैन ।

प्रशिक्षक राईले विभिन्न संस्थानले खेलकुदमा चासो देखाएर सामाजिक सुरक्षा कोष रकम अन्यत्र लगानी नगरी खेलकुदमा गर्ने हो भने खेलाडीको भविष्यको सुनिश्चित हुने बताए ।

‘नेपालमा धेरै ठूला कर्पाेरेट तथा संस्थानहरु छन् । उनीहरुले खेलाडी उत्पादनमा लगानी गरेमा पक्कै पनि खेलाडीको भविष्य राम्रो हुन्थ्यो । पहिला यसरीनै खेलाडी जोगाइएको थियो ।’ उनले भने ।

May be an image of 4 people, people standing and text that says 'खेलपाटी khelpati.c खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com khelpa पाटी khelpati.com'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार