एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्नले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा इरिक म्याक्सिम मोटिङ र जोसुवा किमिचले एक एक गोल गरे ।
जितसँगै बायर्न उपाधि नजिक पुगेको छ ।
उपाधि जित्न बायर्नलाई अब एक जितको आवश्यकता रहेको छ ।
जितसँगै बायर्नले ३१ खेलमा ७१ अंक जोडेको छ ।
४७ अंक जोडेको लिभरकुसेन छैटौं स्थानमा रहेको छ ।
यस्तै शाल्के भने बुन्डेसलिगाबाट रेलिगेसनमा परेको छ ।
अर्मिनियासँग १-० ले पराजित भएपछि शाल्के रेलिगेसनमा परेको हो ।
शाल्के ३० वर्षपछि रेलिगेसनमा परेको हो ।
