एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका कार्यकारी उपाध्यक्ष एड उडवार्डले पदबाट राजीनामा दिएका छन् ।
युनाईटेडले सिजनको अन्त्यबाट लागु हुने गरि उडवार्डले राजीनामा दिएको जनाएको छ ।
युनाईटेडमा आबद्द भएको १६ वर्षपछि उडवार्डले राजीनामा दिएका हुन् ।
'युनाइटेडमा कान गर्न पाएकोमा म गर्व महसुस गर्छु । १६ वर्षबाट विश्वको सबैभन्दा ठूलो फुटबल क्लबका लागि काम गर्न पाउनु सम्मानको कुरा हो,' राजीनामापछि उनले भनेका छन् ।
४९ वर्षिय उडवार्ड सन् २००५ मा युनाईटेडसँग आबद्द भएका थिए ।
उनी सन् २०१२ बाट कार्यकारी उपाध्यक्ष बनेका थिए ।
पछिल्लो समय युरोपियन सुपर लिगमा जोडिएपछि उनी विवादित बनेका थिए ।
तर, युनाईटेडले प्रतियोगिताबाट नाफ फिर्ता गरिसकेको छ ।