बराबरीमा रोकियो चेल्सी
बुधबार, ०८ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो ।
बल पोसेसनमा एकतर्फी पकड जमाएपनि चेल्सीले गोल गर्न सकेनन् ।
ब्राइटनले पनि केहि अवसर गुमाएको थियो ।
यस्तै खेलको इन्जुरी समयमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो ।
ब्राइटनका बेन ह्वाइट दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
यस बराबरीसँगै चेल्सीले शीर्ष तीनमा उक्लने मौका गुमाएको छ ।
चौंथो स्थानको चेल्सीले ३२ खेलमा ५५ अंक जोडेको छ ।
ब्राइटन ३४ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)