एजेन्सी । इंग्ल्यान्डका ६ क्लबले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।
प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबले सुपर लिगबाट हात झिकेको हो ।
प्रतियोगिताको विरोधमा समर्थकहरु आन्दोलित भएका थिए । यस्तै फिफा र यूईएफएले प्रतियोगिता खेल्ने खेलाडीलिया विश्वकप र युरोकपमा प्रतिबन्ध लगाउने जनाएको थियो ।
युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।
नयाँ प्रतियोगिताको संस्थापक क्लबमा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका थिए ।
अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।
रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताईएको छ ।
लिगका खेलहरु मध्येसातामा हुनेछ । जसको कारण घरेलु लिगमा असर नगर्ने बताईएको छ ।
यस्तै ईएसएलले महिलाको प्रतियोगिताको योजना समेत अघि बढाईएको जनाएको छ ।