काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को टिम ललितपुर सिटी एफसीलाई चिभास रिगलले प्रायोजन गरेको छ ।
एनएसएलको तयारीमा रहेको ललितपुरलाई चिभास रिगल ह्विस्कीले मुख्य प्रायोजन गरेको हो ।
यस्तै ललितपुरलाई ब्रिटेनिया र फाष्ट फुट रेष्टुरेन्ट कम्पनी (केएफसी) ले सह प्रायोजन गरेको छ ।
भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुर सिटीले आफ्नो सामाजिक संजाल मार्फत मुख्य प्रायोजक र सह प्रायोजकबारे जानकारी गराएको हो ।
राष्ट्रिय खेलाडी अन्जन बिष्ट मार्की खेलाडी रहेको ललितपुरको प्रशिक्षकमा प्रदिप हुँमागाई रहेका छन् । यस्तै क्लबले आफ्ना विदेशी खेलाडी रुपमा क्रोयसियन स्ट्राइकर भिलिम पोसिन्कोभिक र अजरबैजानका नुर्लानलाई भित्राईसकेको छ ।
पोखरामा सुरुवाती प्रशिक्षण गरेको ललितपुरले हाल उपत्यकामा प्रशिक्षण गर्दै आईरहेको छ ।
ललितपुरले बैशाख ११ गते हुने उद्घाटन खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।