एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (मंगलबार) राति चेल्सी र ब्राइटन भिड्दैछन् । लण्डन क्लब चेल्सी शीर्ष तीनमा उक्लिने लक्ष्य सहित ब्राइटनलाई घरेलु मैदानमा आमन्त्रण गर्दैछ ।
चेल्सीका आन्द्रेयस क्रिस्टिसियन स्टामफोर्ड ब्रिजमा फर्कन सक्नेछन् । उनी चोटका कारण तीन खेल मैदान बाहिर रहेका थिए । पछिल्लो समय व्यस्त देखिएका डिएगो कोस्टालाई प्रशिक्षक थोमस टुचेलले आराम दिन सक्नेछन् ।
ब्राइटनले आडन वेवस्टेर र डान वर्नलाई सुरुवाती लाइनअपमा खेलाउन सक्नेछन् । चोटबाट मुक्त हुँदै आरोन कोनोली मैदान फर्कने छन् भने पर्सी ताउ समेत टोलीमा सामेल हुन सक्नेछन् ।
चेल्सी ५४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । प्राप्त जितले चेल्सी लिगको तेस्रो स्थानमा उक्निेछ । ब्राइटन रेलिगेशनबाट बच्न संघर्षरत छ । ब्राइटन ३३ अंक सहित रेलिगेशन जोन भन्दा मात्र ६ अंक माथि छ ।