एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो ।
खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८७ औं मिनेटमा डिएगो लोरेन्टले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।
यस बराबरीसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।
लिभरपुलले ३२ खेलमा ५३ अंक जोडेको छ । र, लिगको छैटौं स्थानमा रहेको छ ।
लिड्स ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
