एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन् ।
शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् ।
एभर्टनको मैदानमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । ह्यारी केनले २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।

खेलको ६२ औं मिनेटमा सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ६८ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।
एभर्टनविरुद्ध दुई गोल गरेका केनले चोट समेत बोक्न पुगे । चोटका कारण केन खेलको ९० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

यस बराबरीसँगै एभर्टनले ३१ खेलमा ४९ अंक जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।
टोटेनहम ३२ खेलमा ५० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
