काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी एफसीले तीन अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।
बुटवलले एनएसएसका लागि घाना, नाइजेरिया र चादका खेलाडीलाई अनुबन्ध गरेको हो ।
बुटवलले अनुबन्ध गरेको खेलाडीमा चादका अर्मान्ड बेअडौम, नाइजेरियाका ओमोलाजा नुराइन करिम र घानाका विलियम ओपोकु असेइडु रहेका छन् ।
करिम र विलियमले एएफसी कपको समूह चरणमा मनाङ मर्स्याङ्दीविरुद्ध पन्जाब एफसीबाट खेलेका थिए ।

अर्मान्ड भने नेपालमा दोस्रो पटक खेल्न लागेका हुन् । उनले यस अघि च्यासल युथ क्लबबाट खेलेका थिए ।
बुटवलको मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्य विशाल श्रेष्ठ रहेका छन् ।
यस्तै प्रशिक्षकमा सनोज श्रेष्ठ रहदा निर्देशकमा पूर्व खेलाडी तथा प्रशिक्षक राजु काजी शाक्य रहेका छन् ।
बुटवलले आफ्नो पहिलो खेल पोखरा थण्डर्ससँग खेल्नेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएल बैशाख ११ गतेबाट जेठ १ सम्म हुँदैछ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।