• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल सुपर लिग : फ्रेन्चाईज टिमको तयारी कहाँ ?
नमीन ढकाल
शुक्रबार, वैशाख ३, २०७८ नमीन ढकाल
नेपाल सुपर लिग : फ्रेन्चाईज टिमको तयारी कहाँ ?

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेका फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) बैशाख ११ बाट २५ गतेसम्म आयोजना हुँदैछ ।

दशरथ रंगशालामा आयोजना हुने एनएसएलमा ७ फ्रेन्चाईज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रतियोगिताको उद्घाटनमा उपत्यकाका दुई टिम ललितपुर सिटी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरिसकेका छन् । यस्तै फ्रेन्चाईज टिमले विदेशी कोटाको खेलाडी र स्थानीय खेलाडी अनुबन्धन गर्ने क्रम जारी छ ।

पहिलो संस्करणको उपाधि जित्न सहभागी ७ वटै टिम अन्तिम चरणको तयारीमा रहेका छन् ।

सहभागी टिममध्ये एक टोलीले मोफसलमा रहेर प्रशिक्षण गरिरहदा अन्य टोली भने उपत्यकामा प्रशिक्षण गरिरहेका छन् ।

कुन टोलीको तयारी कहाँ ? 

विराटनगर सिटी एफसी

बीसीएफका अध्यक्ष समेत रहेका अनुप रन्जन भट्टराईको स्वामित्वमा रहेको विराटनगर सिटीले सुनसरीको धरान एकेडेमीमा तयारी गरिरहेको छ । मार्की खेलाडी रन्जित धिमाल रहेको टोलीले विराट गोल्डकप समापन भएसँगै सोहि मैदानमा रात्रिकालिन प्रशिक्षक गर्नेछ । उसले अक्सनबाट आएका १५ सहित तीन विदेशी र एक स्थानिय खेलाडीलाई प्रशिक्षणमा समावेश गराएको छ । उसको प्रशिक्षकमा भने भारतीय यान ल हुनेछन् ।

May be an image of 3 people, people standing, people playing football and grass

बुटबल लुम्बिनी एफसी

राजकुमार तिमल्सिना र भिम प्रसाद तिमल्सिनाको स्वामित्वमा रहेको बुटबल लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य तथा गोलरक्षक विशाल श्रेष्ठ रहेका छन् । मुख्य प्रशिक्षक सनोज श्रेष्ठ र टोलीको जेनेरल म्यानेजरमा पूर्व खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य रहेका छन् । हाल टोलीले ललितपुरको बुद्धि विकास खेल मैदानमा प्रशिक्षण गरिहेको छ ।

एफसी चितवन

सचिन ढकालको स्वामित्वमा रहेको चितवनले आफ्नो तयारी विभागीय एपीएफ क्लबको हल्चोक मैदानमा तयारी गरिरहेको छ । टोलीको प्रशिक्षकमा मेघराज केसी रहनेछन् भने मार्की खेलाडीमा भरत खवास रहेका छन् । टोलीले दुई विदेशी खेलाडीको रुपमा ईजिप्टका खेलाडीलाई झिकाईसकेको छ ।

काठमाडौं रेजर्स

यामाहाका सिईयो चिरञ्जिबी शाहको स्वामित्वमा रहेको काठमाडौं रेजर्सको प्रशिक्षकमा बालगोपाल महर्जन रहँदा निर्देशकमा विज्ञानराज शर्मा रहेका छन् । यस्तै टोलीको मार्की प्लेयरमा विकेश कुथु रहेका छन् । हाल टोलीले मध्यपुर युथ एसोसिएसनको मैदानमा अभ्यास गरिरहेको छ । क्लबले तीन घानाका खेलाडी ल्याउने तयारी गरेको छ ।

No description available.

ललितपुर सिटी एफसी

भाटभटेनी सुपर मार्केट अन्तर्गत रहेका ललितपुर सिटी फुटबल क्लबको तयारी हाल ललितपुर जेभियर स्कुलमा भईरहेको छ । यस अघि टोलीले केहि समय पोखरामा रहेर तयारी गरेको थियो । टोलीको प्रशिक्षकमा प्रदिप हुमागाई रहँदा मार्की खेलाडीमा अन्जन विष्ट रहेका छन् ।

पोखरा थण्डर्स

लक्ष्मी ग्रुपका निकाकार श्रेष्ठको स्वामित्वमा रहेको पोखराले हाल पोखरामै रहेर तयारी गरिरहेको छ । टोलीको प्रशिक्षकमा नविन न्यौपाने रहेनेछन् भने मार्की खेलाडीमा स्ट्राइकर नवयुग श्रेष्ठ रहनेछन् । टोलीले तीन विदेशी खेलाडी समेत झिकाईसकेको छ ।

May be an image of 2 people, people playing football and grass

धनगढी फुटबल क्लब

सुवास शाहीको स्वामित्वमा रहेको धनगढीले आफ्नो तयारी जावलाखेल मैदानमा गरिरहेको छ । टोलीले यस अघिनै विदेशी प्रशिक्षक फुजा तोपेलाई झिकाएको छ । यस्तै टोलीको मार्की खेलाडीमा विशाल राई रहेका छन् । टोलीले राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई आईकनिक खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP