औबामियाङ अस्पताल भर्ना
शुक्रबार, बैशाख ३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे एम्रिक औबामियाङ अस्पताल भर्ना भएका छन् ।
मलेरिया रोगको उपचारका लागि औबामियाङ अस्पताल भर्ना भएका हुन् ।
औबामियाङले सामाजिक संजालबाट आफु केहि दिन अस्पतालमा रहने बताएका छन् ।
अन्तराष्ट्रिय खेलका लागि गोबान पुगेका औबामियाङलाई मलेरियाको संक्रमण भएको हो ।

अफ्रीका कप अफ नेसन्सको छनोट खेलका लागि औबामियाङ गोबान गएका थिए ।
गत मार्च २५ गते भएको खेलमा गोबानले कंगोलाई ३-० ले हराएको थियो ।
औबामियाङले पछिल्लो पटक आर्सनलका लागि अप्रिल ८ मा खेलेका थिए ।
स्लाभिया प्रागविरुद्ध त्यस खेलपछि औबामियाङ मैदान उत्रिएका छैनन् ।






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


