शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबलमा सम्भावना बोकेका दुई अनुहार

बिहिबार, ०२ बैशाख २०७८गिता राई
भलिबलमा सम्भावना बोकेका दुई अनुहार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालको भलिबल विभागमै केन्द्रित जस्तो देखिन्छ । जति पनि राम्रा खेलाडी छन्, ती विभागीय टिममै छन् । बाहिरका प्रतियोगितामा जति राम्रा खेलाडी देखिन्छ, विभागले तानिहाल्छन् । भविष्य सुनिश्चत गर्ने आशमा खेलाडी पनि विभागमा आबद्ध भैहाल्छन् । केही अपवाद बाहेक विभागीय टिम भन्दा बाहिर राम्रा खेलाडी देख्न गाह्रै हुन्छ ।

हप्ता दिन अघि मात्र काठमाडौंमा एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप सम्पन्न भयो । मोफसलबाट आएका भरतपुर मेट्रो सिटी र ढोरपाटन स्पोर्ट्स क्लबले कमजोर नतिजा निकाले । क्लबको नतिजा कमजोर रहेपनि केही खेलाडीको प्रर्दशन भने उम्दा थियो । गतिलो प्रशिक्षण पाएको खण्डमा केही खेलाडीले भविष्यमा राम्रो प्रर्दशन गर्ने देखिन्छ । ती मध्य भरतपुरका दुई खेलाडीले राष्ट्रिय टिमको क्लोज क्याम्पमा पर्ने सम्भावना देखाएका छन् ।

निशा चौधरी :

२०६२ साल मंसिर २९ मा निशा चौधरीको जन्म बुटवलको मणिग्राममा भयो । बुवा जित चौधरी र आमा शान्तीको कोखबाट पहिलो सन्तानको रुपमा । बुवा जित एपीएफबाट रिटायर्ड भएका पूर्व शैनिक हुन् । आमाले घर सम्हाल्छिन् । गत मंसिरमा मात्र १५ वर्ष पुगेकी निशा एनभीए क्लब च्याम्पियनसिपमा देखिएकी नयाँ अनुहार हुन् ।

भरतपुर मेट्रो सिटीबाट प्रतियोगितामा सहभागिता जनाएकी निशाको यो नै पहिलो ठूलो प्रतियोगिता हो । कक्षा दशमा अध्ययनरत निशा पहिला एथ्लेटिक्सकी खेलाडी थिईन् । उनले भलिबल खेल्न सुरु गरेको मात्र दुई वर्ष भएको छ ।

भलिबलमा ईच्छा त थियो । तर आधारभुत नियमबारे थाहै थिएन । एथ्लेटिक्सका प्रशिक्षक रामु पाण्डेले उनको अग्लो कद देखेर भलिबलमा लाग्न प्रेरित गरे । त्यसपछि उनको दौड भलिबलतर्फ मोडियो ।

No description available.

ट्रेनिङमा उनलाई साह्रै रमाइलो लाग्थ्यो । घरबाट पनि खेल्नका लागि उनलाई सहयोग थियो । खेलमा लाग्न निशालाई अझ सहज भयो ।
‘कुनै बेलामा पढाई बिग्रिदा नखेल भन्नुहुन्थ्यो, तैपनि खेल्न सहयोग छ । खेलले गर्दा पढाई नबिग्रियोस भन्नुहुन्छ ।’ उनले भनिन् ।

उनलाई घरमा अझ सहज छ । कारण, पढ्न र खेल्न भनेपछि उनलाई घरको काम गर्नै पर्दैन ।
उनी अभ्यास गर्ने लुगा बोकेर बिहान स्कुल जान्छिन् । स्कुलपछि साँझसम्म भलिबल खेलेकै बित्छ । बिदाको दिन त खेल्नु छदैछ । उनको दिनचर्या यस्तै बनेको छ ।

निशा पहिला ब्याकबाट खेल्थिन् । तर टिमकी मुख्य स्पाइकरलाई चोट लागेपछि उनको पोजिसन फेरियो । उनले अगाडीबाट खेल्ने मौका पाईन् । निशाले गाउँघरका प्रतियोगिता धेरै खेलेकी छिन् । उनको प्रदर्शनलाई अझ राम्रो बनाउन प्रशिक्षक रामुले बुटवल एभरेष्ट स्कुलका प्रशिक्षकसंग लगे । उनको खेलमा अझ सुधार आयो । र भरतपुरको टिममा समावेश भएर उनी काठमाडौं खेल्न आईन् ।


पहिलो पटक ठूलो प्रतियोगिता खेलेकी निशाले क्लब च्याम्पियनसिप खेल्दा खुशी लागेको बताईन् ।

‘यो ठूलो प्रतियोगिता हो । सबैलाई देख्दा खुशी लागेको छ । प्रोफेसनल खेलाडीसँग खेल्दा अलिअली डर लागेको थियो । पहिलो पटक भएर पनि होला ।’ उनले भनिन् ।
उनले राम्रो ट्रेनिङ पाएको खण्डमा उत्कृष्ट प्रर्दशन गर्ने बताईन् ।

‘ट्रेनिङ पायौ भने हामीले पनि उनीहरु जसरीनै खेल्न सक्छौ । हाम्रो ट्रेनिङ पनि खासै छैन, गुरु एथ्लेटिक्सको प्रशिक्षक हुनुहुन्छ । एसईई छ, पढ्नुपर्छ । त्यसैले पनि ट्रेनिङ भएको छैन ।’ उनले भनिन् ।
निशा राष्ट्रिय टिमकी स्पाईकर सरस्वती चौधरीको समर्थक हुन् । सरस्वती जस्तै राम्रो खेलाडी बन्ने सोच उनले बोकेकी छिन् ।

आरती सुवेदी :

चितवनको पर्साढापमा २०६१ सालमा बुवा नारायण प्रसाद र आमा सिता सुवेदीको कोखबाट दोस्रो सन्तानको रुपमा आरतीको जन्म भयो । भरतपुर मेट्रो सिटीबाट एनभीए क्लब च्याम्पियनसिप खेल्न आएकी आरती गत वर्ष सागको बन्द प्रशिक्षणमा समेत परेकी थिईन् । उनी बन्द प्रशिक्षणमा उत्कृष्ट ११ बाट बाहिरिईन् । उमेरले मात्र १६ वर्ष रहेकी आरतीले सानैबाट भलिबल खेलेकी भने हैनन् । उनलाई भलिबलमा इच्छा समेत थिएन । गाउँघरमा धेरै भलिबल खेल पनि हुदैन ।

उनले भलिबल पहिलोपटक किताबमा देखेकी थिईन् । स्कुलमा भलिबल त हुन्थ्यो, तर इच्छा नभएकी उनी अभ्यास गर्न छाडेर घरतिर लाग्थिन् ।

उनले कक्षा ८ सम्म गाउँकै स्कुलबाट अध्ययन गरिन् । त्यसपछि शिक्षा पुरा गर्न अर्काे स्कुलमा जानुपथ्र्याे । उनलाई भलिबलको बारेमा केही कुरा पनि थाहा थिएन । त्यो बेला बास्केटबलको ड्रेसले भने लोभ्याएको थियो । जसका कारण आरती बास्केटबल खेलाउने स्कुलमा भर्ना हुन चाहन्थिन् । तर उनको भाग्यमा भलिबलनै लेखिएको थियो ।

सानो उमेरकी उच्च कद भएकी आरती परीक्षा दिन जाँदा जानकी स्कुलका शिक्षक बाबुराम सरको आँखामा परिन् । उनलाई आफ्नो स्कुलमा लिनका लागि प्रिन्सिपल तथा शिक्षक घरमै पुगे ।
परिवारसंग आरतीलाई आफ्नो स्कुल पठाउन प्रस्ताव राखे । उनलाई भलिबल खेल्न इच्छा छ भनेर प्रश्न गरे । उनले सिधै नकारिन् । किनकी उनलाई बास्केटबल खेलाउने स्कुलमा जानु थियो ।

No description available.

उनलाई आफ्नै स्कुलमा पढाउने, खेलाउने भनेर प्रिन्सिपलले परिवासँग कुरा गरे । इच्छा नहुँदा पनि आरती र उनकी दिदी जानकी माविमा भर्ना भए । त्यहीबाट उनको भलिबल जीवनको यात्रा सुरुवात भयो । करिब दुई वर्ष उनले भलिबल खेलेको हेर्दैमा बिताईन् । त्यसपछि बल बोक्ने, ल्याउने, दिने गर्न थालिन् । उनी त्यो समय १३ वर्षकी थिईन् । त्यसपछि उनले भलिबल खेल्न बिस्तारै सुरु गरिन् । उनलाई शिक्षकहरुले सधै खेल्न प्ररेणा दिन्थे ।

आरती १४ वर्षको हुँदा पहिलोपटक स्कुलको टिममा परेकी थिईन् । स्कुलको टिमबाट उनले राष्ट्रपति रनिङ शिल्ड खेलिन् ।
आरती भन्छिन्, ‘सुरुमा प्रदेशबाट खेल्न आएको थिए । न्यु डाईमण्डबाट प्रतिभा दिदी हुनुहुन्थ्यो । उहाँसँगको खेलमा मलाई सेटमा राखियो । उहाँले स्पाइक गर्दा खुट्टामा हान्नुहुन्थ्यो । सुरुमा निकै डर लाग्यो ।’

त्यसपछि आरतीले विगतलाई फर्केर हेर्नुपरेन । खेलको अनुभव बढ्दै गएपछि डरबाट छुटकारा पाएको उनले बताईन् ।

‘त्यसरीनै दुईचार वर्ष भयो । धेरै प्रतियोगिता खेले । अनुभव बढ्यो, सबै थाहा पनि पाए । पछि डर लागेन । यस्तै हो जस्तो लाग्थ्यो ।’ आरती भन्छिन् ।

उनले गाउँघरको धेरै प्रतियोगिता खेलेकी छिन् । सधै उनले उत्कृष्ट स्पाइकरको उपाधि पाउने गर्छिन् ।

उनले आठौं राष्ट्रिय खेलकुद प्रतियागिता पनि खेलिन् । जसबाट नेपालमा हुने १३ औं सागका लागि छनौट गरिएको थियो । आरती पनि छनौट गरिएको ३२ खेलाडीमा पर्न सफल भईन् । उनले राम्रोसँग ट्रेनिङ बन्द प्रशिक्षणमा आएपछि गर्न पाईन् ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आएपछि उनको घुँडामा समस्या भयो । भलिबल खेल्न निकै सहयोग गर्ने परिवारबाट नखेल्न सुझाव आयो । तर उनले उल्टै परिवारलाई सम्झाईन् ।

‘थाईल्याण्ड जाँदा घुँडा दुख्थ्यो मात्र । चेकअफ गर्दा केही छैन भनेको थियो । नेपालमा हुँदा बायाँ र उता गएपछि दायाँ घुँडा दुख्न थाल्यो । सुन्निएको थियो । त्यो बेलामा परिवारबाट खेल्न छोड भन्ने कुरा आएको थियो । तर मैले सम्झाए । सबैको यस्तै भइरहेको छ, ठिक हुन्छ भन्दै खेले ।’ उनले भनिन् ।

‘सरका अनुसार स्पाईक हान्न सबैभन्दा पहिला मैले सिकेको थिए । स्पाईक स्टेप पनि मेरो राम्रो थियो । तर ट्रेनिङ गर्न अल्छी गरेकाले बिगिएको उहाँले भन्नुहुन्थ्यो ।’ आरती भन्छिन्, ‘पहिला मनै पर्दैन्थ्यो । अहिले मनले मान्दैन । छोड्न सक्दिन ।’

कक्षा १२ मा अध्ययनरत आरती इच्छाएको खेलमा मेहेनत गर्यो भने भविष्य बन्ने कुरामा विश्वस्त छिन् । भन्छिन ‘आफुले मेहेनत गर्नुपर्छ । अवश्य भविष्य बन्छ । तर नेपालमा खेलेर नै जिन्दगी कटाउन त सकिदैन । पछि के गर्ने, त्यसका लागि सोच्नुपर्छ ।’

आरतीको मनपर्ने खेलाडी प्रतिभा माली र मान बहादुर श्रेष्ठ हुन् । भविष्यमा उनीहरुजस्तै भलिबलमा नाम कमाउने उनको लक्ष्य छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने