महाबिरको जितमा रामको गोल
शनिबार, २१ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । महाबिर क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार महाबिरले समाज कल्याण खेलकुद केन्द्रलाई १-० ले हराएको हो ।
महाबिरको जितमा राम ढकालले निर्णायक गोल गरे । उनले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह 'ए' को महाबिरले ६ खेलमा ७ अंक जोडेको छ । समाज कल्याणले ६ खेलमा ६ अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


