घरेलु मैदानमा चेल्सीको फराकिलो हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित चेल्सी रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले फराकिलो हार व्यहोरेको हो ।
खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । थियागो सिल्भा दोहोरो पहिलो कार्डसहित मैदानबाट बाहिरिएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा माथ्युएस पेरेइराले गोल गर्दै वेस्ट ब्रुमलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसको एक मिनेटपछि पेरेइराले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वेस्ट ब्रुम २-१ ले अघि रह्यो ।
खेलको ६३ औं मिनेटमा कलुम रोबिनसनले गोल गर्दै वेस्ट ब्रुमलाई ३-१ को अग्रता दिलाए ।
खेलको ६४ औं मिनेटमा एमबाए डिग्नेले गोल गरेपछि वेस्ट ब्रुम ४-१ ले अघि रह्यो ।
खेलको ७१ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ४-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जरी समयमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ५-२ को जित दिलाए ।
यस हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
वेस्ट ब्रुम २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।