आफैलाई भन्छु, 'म मेस्सी र रोनाल्डो भन्दा राम्रो छु'

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले आफ्नो घमण्ड र अहंकारीपनकै कारण आफु सफल खेलाडीको रुपमा स्थापित भएको बताएका छन् ।
आरएमसी स्पोर्ट्ससँगको अन्तर्वार्ता एमबाप्पेले हरेकका लागि घमण्ड आवश्यक रहने र यसले सफलताको सिढी चढन सहयोग गर्ने बताएका हुन् ।
'अहंकार, पक्कै पनि महत्त्वपूर्ण छ किनकि जब तपाई कुनै ठाउँमा हुनुहुन्छ, अरु कसैले पनि तपाईलाई धक्का दिदैन,'उनले भने, 'तपाइँले आफुलाई विश्वस्त बनाउनु पर्छ की तपाई पहाड खसाल्न सक्षम हुनुहुन्छ ।'
२२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई पछिल्लो समय बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोसँग दाज्ने गरिन्छ । विश्व फुटबलमा मेस्सी र रोनाल्डोपछि एमबाप्पेलाई स्टार खेलाडीको रुपमा हेरिएको छ ।
यस्तै एमबाप्पेले मैदान प्रवेश गरेपछि आफु मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट भएको आफुमा अहम आउने बताए ।
'हरेक पटक मैदान प्रवेश गर्दा म आफुलाई सर्वश्रेष्ठ ठान्छु । मैले मेस्सी र रोनाल्डोसँग एकै मैदानमा खेलेको छु । उनीहरु म भन्दा राम्रा खेलाडी हुन् । धेरै राम्रो काम गरेका छन् । तर, मेरा लागि म उत्कृष्ट हो । जब तपाई आफुलाई सामिप्यता दिनु हुन्न तपाई उत्कृष्ट बन्न सक्नु हुन्न ।'












%20(1)-1761905198112.png&w=3840&q=75)

