पीएसजीका मिडफिल्डर भेराट्टीलाई कोरोना
शनिबार, चैत २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पीएसजीले भेराट्टीलाई कोरोना संक्रमण देखिएको पुस्टि गरेको छ । पछिल्लो पटक गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
भेराट्टीलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो । यस अघि उनी जनवरीमा कोरोना संक्रमित भएका थिए ।
कोरोना देखिएपछि इटालियन मिडफिल्डर १० दिने सेल्फ आईसोलेसनमा बसेका छन् ।
अब भेराट्टीले च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको खेल समेत गुमाउने छन् ।
पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नसँग अप्रिल ७ मा खेल्दैछ ।












%20(1)-1761905198112.png&w=3840&q=75)

