एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डीबला, मिडफिल्डर वेस्टन म्याकेन्नी र अर्थरले सिरी 'ए' लिग अन्तर्गत टोरिनोविरुद्धको खेल गुमाउने भएका छन् ।
कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि तीनै खेलाडीलाई युभेन्ट्सले कारबाही गर्दै टोरिनोविरुद्धको खेलमा टिम बाहिर राखेको छ ।
सिरी 'ए' मा युभेन्ट्सले शनिबार राति टोरिनोसँग उसैको मैदानमा खेल्नेछ ।
युभेन्ट्सले तीनै खेलाडीलाई जरिवाना समेत गरेको छ ।
कोरोनाको प्रोटोकल उलंघन गर्दै उनीहरु बुधबार पार्टीमा सामेल भएका थिए । म्याकेन्नीले आयोजना गरेको डीनर पार्टीमा १० भन्दा बढीको सहभागिता रहेको थियो ।
युभेन्ट्स यस सिजन तेस्रो स्थानमा रहेको छ । इन्टर मिलन भन्दा युभेन्ट्स १० अंकले पछि रहेको छ ।