काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा प्लानिङ ब्वाइज युनाईटेडले फराकिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङ ब्वाइजले सानेपा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
प्लानिङलाई जित दिलाउन दिपक राज सिंह ठकुरीले २ गोल गरे । फागु राम थारु र प्रदिप गुरुङले एक एक गोल गरे ।
जितसँगै समूह बीमा रहेको प्लानिङले ५ खेलमा मात्र ५ अंक जोडेको छ ।
सानेपाले ६ खेलमा २ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र मनोहरा युनाईटेड क्लबले गोलरहित बराबरी खेलेका छन् ।
समूह 'ए' को विरगंजले ५ खेलमा १० अंक जोडेको छ ।
मनोहराले ६ खेलमा १० अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।