काठमाडौं । मछिन्द्र क्लबका खेलाडीलाई प्रशंसकले पोखरामा भेट्ने अवसर पाउने भएका छन् ।
आहा रारा गोल्डकप खेल्न पोखरा पुगेको मछिन्द्रका खेलाडीलाई क्लबका समर्थक तथा प्रशंसकले शनिबार भेटघाट गर्ने अवसर पाउने भएका हुन् ।
पेपे पिज्जाले शनिबार साँझ मछिन्द्र क्लबका खेलाडीलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । पोखराको न्युरोडस्थित भाटभटेनीमा रहेको पेपे पिज्जाले क्लबको तर्फबाट पहिलो पटक पोखरा पुगेका खेलाडीलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
मछिन्द्रको पोखरामा समेत उल्लेख्य प्रशंसक र समर्थक रहेका छन् । शनिबारको कार्यक्रममा समर्थकलाई खेलाडीलाई भेटघाटको कार्यक्रमको ब्यवस्था गरिएको क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले खेलपाटीलाई बताए । उनले खेलाडीलाई भेट्न ईच्छुक समर्थक न्युरोडस्थित भाटभटेनीमा आउन सक्ने जानकारी दिए ।
आहा रारा गोल्डकपमा सहभागी हुन मछिन्द्र क्लबका खेलाडी शनिबार पोखरा पुगेका छन् । मछिन्द्रले गत वर्ष लिग उपाधि हात पारेको थियो ।
पोखरामा हुने आहा रारा गोल्डकपमा मछिन्द्रबाट अभिषेक रिजाल, दर्शन गुरुङ, विशाल राई, सुनिल बल, छिरिङ गुरुङ, विशाल राई बी, रञ्जित धिमाल, विशाल श्रेष्ठ, देबेन्द्र तामाङ, हेमन्त थापा मगर, विराज महर्जन, दिलेन लोक्तान लगायतका खेलाडीले खेल्नेछन् ।
अधिकांश खेलाडीले गत सिजन मछिन्द्रबाटै लिग उपाधि जितेका थिए ।
भर्खरै मात्र नेपाललाई थ्री नेसन्स उपाधि जिताएका अधिकांश खेलाडी मछिन्द्रको टोलीमा समावेश छन् ।