काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्लानिङ र सानेपाबीचको खेल १२:३० बजे सुरु हुनेछ ।
समूह बीमा रहेको प्लानिङले ४ खेलमा मात्र २ अंक जोडेको छ ।
यस्तै सानेपाले ५ खेलमा २ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विरगंज र मनोहराबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ ।
समूह 'ए' को विरगंजले ४ खेलमा ९ अंक जोडेको छ ।
मनोहराले ५ खेलमा ९ अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।