शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात

बुधबार, चैत १८, २०७७खेलपाटी संवाददाता
एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात
Classic Tech Internet Ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ । काठमाडौंमा बुधबार विशेष समारोहको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो ।

मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्धेश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ । काठमाडौंका मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनीक गरेको हो । तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने मञ्चको योजना छ ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीले खेल पत्रकारको व्यवसायीक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए । उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे । ‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोग बिना एकेडेमीको काम अघि बढाउन कठिन छ । एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’ उनले भने ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने बताए । ‘धेरै खेलको रिपोर्टिङ भएको छैन । समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन । अब एकेडेमीले समग्रतामा सिङ्गो खेलकुदलाई मद्दत गर्दछ । राम्रो भूमिका खेल्दछ । यसले खेलकुदलाई परिवर्तन गर्नेछ । ओलम्पिक कमिटि सहकार्य गर्न तयार छ ।’ उनले भने ।

मन्त्रालयका सचिव केदार न्यौपानेले एकेडेमीले आगामी दिनमा धेरै राम्रो काम गर्ने बताए । ‘खेलकुदको रिपोर्टिङ गर्दा खेललाई विश्लेषण गरेको कमै देखिन्छ । बाहिरको जस्तो सबै खेलको बिज्ञता नेपालमा पनि हुनुपर्छ । यसमा एकेडेमीले भुमिका खेल्ने विश्वास छ ।’ उनले भने ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्य सचिव सिलवालले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए ।

नेपाल ओलम्पिक कमिटिका पुर्व अध्यक्ष ध्रुव बहादुर प्रधानले अन्य एकेडेमी भन्दा एनएसजेएफले यसको महत्वलाई राम्रोसंग बुझाउन सक्ने धारणा राखे ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल खेलकुद पत्रकार मञ्चसंग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा आफुहरु सहयोग गर्न तयार रहेको बताए ।

एनएसजेएफका महासचिव प्रज्वल ओलीले खेलकुद विकासमा खेल पत्रकारको दक्षता अभिवृद्धिको विषयले भुमिका खेल्ने धारणा राखे ।
कार्यक्रममा एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारले एकेडेमीको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।

खेलकुद क्षेत्रको सम्मानका लागि हरेक वर्ष स्पोर्टस अवार्ड आयोजना गर्दै आएको मञ्चले खेलकुद पत्रकारको क्षमता वृद्धि विकासका लागि एकेडेमी सञ्चालनमा ल्याएको हो । मञ्चले काठमाडौं र देशभरी गर्दै आएको प्रशिक्षण तथा अनुसन्धानका कार्यक्रमलाई एकेडेमी अन्तर्गत राखेर सञ्चालन गर्ने योजना सार्वजनीक गरेको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल